सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग


सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई कम्पनीले १ लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल , एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । कम्पनीले यस्ता खालका सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने पनि जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।