यो साता सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । अमेरिकी शेयर बजारमा देखिएको शुधारको कारणले सुनुचाँदी बजारमा उतार चढाव देखिएको हो ।
साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार आर्थात् शुक्रबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो साता छापावाला सुनको भाउ चार दिन एकै मूल्यमा कारोबार भएको थियो ।
सुनको भाउ सोमबार, मंगलबार, बिहीबार र शुक्रबार एकै मूल्यमा अर्थात १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो । बुधबार भने सुनको मूल्य मंगलबारको तुलनामा ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार ४३० रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया