सामसङले आफ्ना धेरै उत्पादनमा ग्यालेक्सी एआईको सुविधा उपलब्ध गराउने भएको छ । मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिन सामसङले यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।
सामसङले वान युआई ६ दशमलव १ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड ५ र जेड फ्लिप ५ सिरिजहरुमा मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ ।
ग्यालेक्सी एस २४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको गुणस्तरलाई बढाउनेछ ।
एआई संचालित मोडलहरुमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरुको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरुले लिन सक्नेछन् । यी विशेषताहरुमा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरुमा मेसेजहरु ट्रान्सलेट गर्ने सुविधा समेत संलग्न छन् । ग्यालेक्सी प्रयोगकर्ताहरुले लाइभ ट्रान्सलेट मार्फत् रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलहरुका लागि आवाज र टेक्स्ट अनुवादहरु उपलब्ध गराउनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया