समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबिच साझेदारी


समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्ड प्रालिबिच वित्तीय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाई विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको छ ।

उक्त साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायब महाप्रबन्धक विनोद राज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेश प्रसाद जोशीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यपछि फाइनान्स फ्रेन्ड प्रालिले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित वित्तीय तालिमका कार्यक्रमहरू उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ फागुन २०८०, आइतबार  १२ : ५२ बजे