कृषि विकास बैंकका ग्राहकलाई ओम हस्पिटलका सेवामा १०% छुट

0
Shares

कृषि विकास बैंक लिमिटेडका ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्। बैंक र ओम हस्पिटलबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको हो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरूले ओम हस्पिटलको ओपिडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

२०२४ माघ ७ गते स्थापित बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन्। बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरू रहेका छन भने १२९ वटा एटिएम मेसिनहरू रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।