क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सको फागुन ११ गते शुक्रवार बसेको संचालक समितिको १७ औं बैठकले सभा आह्वान गरेको हो ।
सभा चैत ५ गते शुभ होटल प्रा. लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ वजे सुरु हुने छ । सभाले सर्वसाधारणलाई साधारण शेयर निष्काशन (आईपीओ) जारी गर्ने विषेश प्रस्ताव पारित गर्ने छ ।
यस्तै सर्वसाधारणको लागि आइपीओ पश्चात प्राप्त पूँजीको उपयोग गर्ने र आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने सम्बन्धमा पनि छलफल गर्ने छ ।
यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७९\०८० को नाफा\नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल पारित गर्ने छ । साथै सभाले संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया