नेप्सेमा ३१ अर्बको विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३१ अर्ब रुपैयाँ बराबरोको विकास ऋणपत्र सोमबार सूचीकृत भएको छ । नेपाल सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि विभिन्न मितिमा नेपाल राष्ट्र बैंक मार्फत बिक्रीमा ल्याएको विकास ऋणपत्र आज सूचीकरण गरिएको हो ।

उक्त विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार मिति फागुन र१४ को निर्णयानुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको हो ।

नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएको आठ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा जारी भएको ७ अर्ब रुपैयाँ बराबरको ‘विकास २०८८ “च”, पाँच वर्ष अवधिका लागि वार्षिक ५.५६ प्रतिशत ब्याजदरमा जारी भएको ७ अर्ब रुपैयाँ बराबरको ‘विकास २०८५ “ट”, आठ वर्ष अवधिका लागि वार्षिक ५.९६ प्रतिशत ब्याजदरमा जारी भएको ७ अर्ब रुपैयाँ बराबरको ‘विकास २०८८ “छ”, र पाँच वर्ष अवधिका लागि वार्षिक ५.८४ प्रतिशत ब्याजदरमा जारी भएको १० अर्ब रुपैयाँ बराबरको ‘विकास २०८५ “ठ” रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।