शिखर इन्स्योरेन्सको साधारण सभा आह्वान

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत ९ गते शुक्रबार कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।

उक्त बैठकले शिखर इन्स्योरेन्सको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा चैत ९ गते बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको छ ।  गत आर्थिक वर्षबाट कुनैपनि लाभांश नदिने निर्णय गरेर सेयरधनीको हात खाली बनाएको कम्पनीले साधारण प्रस्तावहरु पारित गर्ने भएको छ । उक्त सभामा कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गरिने विशेष प्रस्ताव छ ।

यसैगरी आव २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै चालु आव २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभाबाट २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्ती गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव छ ।
साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट थप १ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २७ गते आइतबार देखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार फागुन २४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व जनाउने सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।