सशस्त्र प्रहरी बलले प्राविधिक समूहका (स्वास्थ्य) तर्फका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ ।
सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले शुक्रबार जारी गरेको सूचना अनुसार प्राविधिक शसस्त्र प्रहरी निरिक्षक (चिकित्सक) देखि शसस्त्र प्रहरी नायव निरिक्षकसम्मको पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेद्वारले चैत २० गतेभित्र शस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, भर्ना तथा छनौट शाखा, हलचोकमा स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनु पर्ने सूचनामा भनिएको छ ।
अनलाइन माध्यमबाट दरखास्त फाराम भर्नका लागि उम्मेदवारहरुले https:\\bharna.apf.gov.np\ मा गई दरखास्त फाराम भर्न सकिनेछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया