शुक्रबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ बढ्यो


शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । बिहीबार २०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ६०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४६ दशमलव ३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ फागुन २०८०, शुक्रबार  १० : ३९ बजे