मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४३ रुपैयाँ ४५ पैसा र बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको थियो ।
मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा र बिक्री दर १६८ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै, मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा र बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै, साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया