नेपाल इस्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा


नेपाल इस्योरेन्स कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर सम्बन्धित सयरधनीको डिम्याट खातामा जम्मा भएको हो । इन्स्योरेन्सले मंसिर २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस जम्मा गरिएको हो ।

कम्पनीको पुस १३ गते सम्पन्न ७५ औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर साधारण सभा प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिन मंसिर २७ गतेसम्म कायम सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको हो । कम्पनीले हालसम्म डिम्याट नगरेका सेयरधनीहरुलाई डिम्याट खातामा बोनस पाउन कागजी सेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।

यस्तै, मंसिर २७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सक्ने सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।