डेढ र अढाई लिटरको कोक, फ्यान्टा र स्प्राइट किन्दा २५० मिलिको फ्यान्टा निःशुल्क


कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको छ ।

यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको हिस्सा रहेको जनाउँदै कम्पनीले विगत वर्षका अभ्यासलाई निरन्तरता दिएको जनाएको छ ।

कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, “कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुका लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विस्वास छ ।”

यो अफरले कोका–कोलाको विश्वव्यापी कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको विज्ञप्तिमा उल्लेख छ । कोका–कोलाले सँधै उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरु ल्याउँदै आइरहेको भन्दै कम्पनीले यो अफर सिमित अवधिसम्म मात्र सञ्चालन हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।