बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ । युरोको भाउ मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।
बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा र बिक्री दर १६८ रुपैयाँ ६१ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९४ पैसा र बिक्री दर ८६ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै, बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९५ पैसा र बिक्री दर २८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै, साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया