बुधबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको रेकर्ड तोड्दै सुनको भाउ नयाँ ऐतिहासिक बिन्दुमा पुगेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । विश्व राजनितिको उतावचढावले अन्तराष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो ।
यस्तै, मंगलबार चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १२५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया