सुनको भाउले लगातार रेकर्ड मूल्य कायम गर्दै, तीन दिनमा प्रतितोला ४ हजार रुपैयाँ बढ्यो


बिहीबार सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज पनि नयाँ उचाइमा पुगेको हो ।

बिहीबार सुनको भाउ प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ५०० रुपैयाँले बढेर १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । विश्व राजनितिको उतावचढावले अन्तराष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो ।

यस्तै, बिहीबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५८ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।