महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान

0
Shares

महालक्ष्मी विकास बैंकले धनगढीको एक स्कुलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकका संस्थापक अध्यक्ष स्व. नबराजबहादुर सिंहको स्मृतिमा स्थापित नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ती बैंकको सुदुर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उदेश्यले रु.५० हजारबराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्तकार्यक्रममा बोल्दै बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षाअपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।