फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा फागुन २७ गतेदेखि चैत १२ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा पुग्ने गरी आवेदन दिन सकिने छ । प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्नु पर्नेछ ।
आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।
शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाइमा अधिकतम १ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।
शेयरको न्युनतम मुल्य प्रति शेयर ३१५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी आवेदन दिनु पर्नेछ । बोलपत्र मार्फत बिक्री गरिने संस्थापक समूहको शेयर बाँडफाँट गर्दा पहिलो प्राथमिकता साविकका संस्थापक शेयरधनीहरुलाई दिइनेछ । त्यसपछि शेयर बाँकी रहेको अवस्थामा सबैभन्दा बढी बोलकबोल गर्ने योग्य बोलपत्रदाताहरुलाई बोलकबोलको मान्यताको आधारमा बिक्री गरिने लघुवित्तले छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया