सिटिजन लाइफका स्वतन्त्र सञ्चालक कार्कीले दिए राजीनामा

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । कार्कीले फागुन २३ गते स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् ।

कम्पनी सचिव दिप बहादुर विसीले कार्कीको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको जानकारी दिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ माघ १५ गते अलफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्समा सम्पन्न पाँचौं वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालकमा कार्कीको नियुक्त अनुमोदन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।