रेमिट्यान्स २१.६० प्रतिशतले बढ्यो, माघसम्ममा ८ खर्ब ३९ अर्ब भित्रियो

0
Shares

देशका यूवा जनशक्तिजति धमाधम वैदेशिक रोजगारीमा जान थालेपछि मुलुकमा भित्रने विप्रषण (रेमिट्यान्स) पनि उच्च रुपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महीना अर्थात माघसम्ममा नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।  पुससम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा माघ महीनामा मात्रै एक खर्ब ५ अर्ब ७८ करोड रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको ७ महीनाको तुलनामा चालु आर्थिक वर्षको माघसम्ममा भित्रिउको रेमिट्यान्स २१.६० प्रतिशतले धेरै हो । २०७९–८० को माघसम्म २७.१ प्रतिशतले वृद्धि भई मुलुकमा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको थियो । अघिल्लो वर्ष २०७८–७९ को सोही अवधिमा भने विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

माघसम्म अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४० प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष २०७८–७९ मा भने यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । २०७९ माघ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ जना र पुनः श्रम स्वीकृतिलिने नेपालीको संख्या १०.१० प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २० प्रतिशतले बढेर ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेर ७खर्ब ५९ अर्ब ११ करोड पुगेको थियो । आव २०७८–७९ मा भने अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।

यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई ३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।