भारत र युरोपेली देश बीच १०० अर्ब अमेरिकी डलर लगानी गर्ने व्यापार सम्झौतामा हस्ताक्षर


भारतले आइतबार स्विट्जरल्याण्ड, आइसल्याण्ड, नर्वे र लिकटेन्स्टाइन समावेश भएका युरोपेली स्वतन्त्र व्यापार संघका देशहरूसँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सम्झौतामा इएफटीए देशहरूले आगामी १५ वर्षमा भारतमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने र त्यस्ता लगानीहरूमार्फत भारतमा १० लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो सम्झौताले ूखुला, निष्पक्ष, समतामूलक व्यापारका साथै युवाहरूका लागि रोजगारी सृजना गर्नेू उल्लेख गरेको छ । ती देशहरू मध्ये, स्विट्जरल्याण्ड भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने त्यसपछि दोस्रो नर्वे हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।