सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही भाउमा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ । आइतबार युरोको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसामा कारोबार भएका थियो ।
सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा र बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २४ पैसा र बिक्री दर ३५ रुपैयाँ ४० पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०८ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया