अपर तामाकोशी हाइड्रोको १० करोड ५९ लाख कित्ता हकप्रद सूचीकृत


सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्से मा सूचीकृत भएको हो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

उक्त हकप्रदको लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । जस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाएका थिए ।  अब उक्त हकप्रद सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ फागुन २०८०, सोमबार  १० : ०९ बजे