विश्वव्यापी रूपमा आईफोनका लागि एक्सेसरिजहरू बनाउँदै आएको प्रसिद्ध ब्राण्ड एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड– एचपी ३ हजार ३०० र एचपी ३ हजार २९० सार्वजनिक गरेको छ । यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरूले सजिलै प्रयोग गर्न सक्नेछन् ।
एचपी ३ हजार ३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ । भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरू उपलब्ध छन् ।
एचपी ३ हजार ३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ । यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ । निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मूल्य ४ हजार ८८० रुपैयाँ मात्र रहेको छ ।
त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचकोे रहेको छ । एचपी ३ हजार २९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरूले मात्र ३ हजार ७८५ रुपैयाँमा एचपी ३ हजार २९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ ।
यदि तपाईं मनोरञ्जन वा संगीत पारखी हुन् र आईफोन प्रयोगकर्ता छन् भने यी दुई आकर्षक एवं उत्कृष्ट इयरबर्ड तपाईंकै लागि हो । निकै सुलभ मूल्यमा उपलब्ध यी इयरबर्डहरू तपाईंले देशभरका रिटेल स्टोरहरू तथा दराज एप मार्फत अनलाइन पनि सहजै खरिद गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया