कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुँदै


कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण आयोजना गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त कार्यक्रम सुरु हुने कोकाकोलाले जनाएको छ ।

ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म ʻरियल म्याजिक’ अन्तर्गत पर्छ ।

कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले प्रस्तुति दिने विज्ञप्तिा उल्लेख छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउने र नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई उतार्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा उपस्थित हुन चाहनेहरुले मोस्मो र कोका–कोलाको स्वाद सहित साङ्गीतिक प्रस्तुतिको मजा लिन सक्ने र कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुने विज्ञप्तिा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।