मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनी सुनिल श्रेष्ठले विक्री गर्ने इच्छा जाहेर गरी निबेदन दिए पछि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ । यो पटकको लिलामीमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् ।
संस्थापक सेयरधनीहरुले आज मंगलबारदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादि काठमाण्डौंमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।
संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन नदिएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर ब्रिक्री गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया