नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५५ हजार ७४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक समूहको शेयर बिक्री गर्दा बिद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने प्रावधान अनुसार सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

संस्थापक शेयर खरिद गरी इच्छुक सेयरधनीले आजको मितिदेखि ३५ दिनभित्र के–कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ यस बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नपरेमा भने उक्त सेयर अन्य अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न आवश्यक कारवाहि अघि बढाईने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।