हिमालयन बैंकका एक शाखा स्थानान्तरण


हिमालयन बैंकमा सिभिल बैंक मर्ज भएपछि नजिक भएका एक शाखालाई स्थानान्तरण गरेको छ ।

हिमालयन बैंकले इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं-१, सुन्सरी पुर्‍याएको छ  भने आज बिहिबार चैत्र १ गते देखि बैंकिङ्क सेवा विस्तार गरेको छ । स्थानान्तरण गरिएको बैंक शाखाको नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक श्रीमती इन्दू चाम्लागाई मैनालीले उद्घाटन नगरेकी थिइन् ।

उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।

हाल बैंकले देशभरमा एक सय ७४ शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएम, ६ हजार पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।