डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
लघुवित्तले चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बाईसौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले सञ्चालक समितिको बाईसौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा तत् सम्बन्धी अनुसूचीहरु सहितको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । बुकक्लाेज अनुसार चैत १४ गते बुधबारसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र लघुवित्तकाे साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया