सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण


नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उनले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाए । सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गरे ।

उनले भने,“आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ ।”

सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद पौडेलले उठाउनुभएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत २०८०, शुक्रबार  १२ : ४४ बजे