साताको समिक्षा : अमेरिकी डलर मजवुत हुँदा सुनको भाउ घट्यो


यो साता सुनको भाउ घटेको छ । साताको पहिलो कारोबार दिनमा रेकर्ड मूल्य कायम गरेको सुनको भाउ अन्तिम दिनसम्म पुग्दा ६०० रुपैयाँले घटेको हो ।

साताको पहिलो कारोबार दिन १ लाख २६ हजार रुपैयाँ पुगेको रेकर्ड कायम गरेको सुनको भाउ सोमबार र मंगलबार सोही भाउमा कारोबार भएको थियो ।

अमेरिकी डलर मजवुत बन्दै गएकोले त्यसको प्रभाव सुनको मुल्यमा परेकोले साताको पछिल्ला दिनमा भने मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन्।

यस्तै बुधबार एक हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ८०० रुपैयाँले बढेर १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार ४०० रुपैयाँले घटेसँगै छापावला सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ कायम भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ चैत २०८०, शनिबार  ११ : २९ बजे