आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।
आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २८ पैसा रहेको छ । आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा र बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया