चालु आर्थिक वर्षको आठ महिनामा ४ लाख ७१ हजार २ सय १० जना नेपालीले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९ हजार ४६५ जनाले कम हो ।
अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । नेपालबाट प्रत्येक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।
फागुन महिनामा मात्र ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएको वैदेशिक विभागको तथ्यांकले देखाएको छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो । फागुनमा कामको खाजिमा विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् भने ५८ हजार ८९३ जना पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।
कुन महिनामा कति बाहिरिए ?
चालु आर्थिक वर्ष (२०८०\८१) को पहिलो महिना साउनमा ५५ हजार ५ सय ७५ नाले श्रम स्वीकृति लिएका छन् । जुन नयाँ र पुनः श्रम स्वकृतीको संख्या हो । यस्तै भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृती लिँदा असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृती लिएका छन् ।
विभागका अनुसार, कात्तिकमा ४३ हजार ६३३ जनाले श्रम स्पीकृती लिँदा मंसिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृती लिँदा पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृती लिएका छन् भने माघमा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका छन् ।
रोजाईमा यूएई
कामको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सय ७ यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) पछि सबैभन्दा धेरै साउदी अरबको लागि श्रम स्वीकृति लिइएको छ । साउदी अरबको लागि १३ हजार २ सय ६७ जनाले श्रम स्पीकृती लिँदा कतारको लागि ११ हजार ३ सय ९० जनाले श्रम स्वीकृती लिएका छन् ।
यसैगरी अघिल्लो वर्षसम्म पहिलो रोजाइमा पर्ने गरेको मलेसियामा भने नेपालीहरुको आकर्षण कम देखिएको छ । फागुनमा मलेसियाको लागि ८ हजार ४ सय १७ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, कुवेतमा मात्र ३ हजार २ सय ६ जनाले श्रम स्विकृती लिँदा रोमानियाका लागि १ हजार ७ सय ८४ जनाले श्रम स्विकृती लिएका छन् । यस्तै जापानका लागि १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ जनाले श्रम स्वीकृति लिएका छन् ।
सबैभन्दा धेरै धनुषाबाट बाहिरिए
श्रम स्वीकृति लिनेहरूमा सबैभन्दा बढी झापाका रहेका छन् । फागुन महिनामा झापाबाट ३ हजार ५५४ जना बाहिरिएका छन् । यस्तै धनुषा पछि सबैभन्दा धेरै जनसंख्या बाहिरिएने जिल्लामा झापा रहेको छ । आठ महिनामा झापाबाट ३ हजार १ सय ७९ जना बाहिरिएका छन् ।
यस्तै , मोरङबाट २ हजार ८५० जनाले श्रम स्वीकृती लिँदा सुनसरीबाट २ हजार १४५ जनाले श्रम स्वीकृती लिएका छन् । यस्तै रुपन्देहीबाट २ हजार १४१ जनाले श्रम स्पीकृती लिएका छन् भने सिराहाबाट २ हजार ६२६ जनाले श्रम स्वीकृती लिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया