मंगलबार सुनको भाउ बढेको छ । सोमबार ५०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ७०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुनको भाउ १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सोमबार सुनको मूल्य १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १६० दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव १२ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया