सरुवा भएका कर्मचारीलाई गृहमन्त्री लामिछानेले दिए गलत तत्वको सहयोगी नबन्न निर्देशन


भर्खरै सरुवा भएका २२ कर्मचारीलाई एकै स्थानमा रखेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गलत तत्वलाई जोगाउने काम नगर्न दिर्नेशन दिएका छन् । बुधबार सरुवा भएका कर्मचारीलाई नयाँ जिम्मेवारी सम्हाल्नु अघि एकै स्थानमा भेला गरेर यस्तो निर्देशन दिएका हुन् ।

नागरिकमा सरकारको व्यवहारिक पक्षलाई अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिएका दामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नु पर्नेमा उनले जोड दिएका छन् । “आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन,” मन्त्री लामिछानेले निर्देशन दिँदै भने ।

सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका लामिछानेले सामाजिक सद्भाव अभिबृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न ठाडो निर्देशन दिएका हुन् ।

“राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस् । आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्,” गृह कन्त्रालयमा बोलाएर सबैलाई निर्देशन दिँदै मन्त्री लामिछाने भने, “नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई सम्मान गर्नुस् । औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्, जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस् ।”

अध्यागमनका समस्या समाधानका योजना ल्याउन नयाँ महानिर्देशकलाई निर्देशन दिएका मन्त्री लामिछानेले मन्त्रालयले हरसंभव सहयोग गर्ने भन्दै सेवाग्राहीले सास्ती भोग्नु नपर्नेमा सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गृहसचिव एक नारायण अर्यालले सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्नेमा जोड दिएका थिए । स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका उनले समयमै निर्णय र रिपोर्टिङ गरेर भावी कदम चाल्न सहयोगी बन्न सरुव भएका कर्मचारीसँग आग्रह गरेका थिए ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभूवन विमानस्थल, अध्यागमन कार्यलय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो । सरुवा भएका उनीहरुले जिम्मेवारी सम्हाल्नु अघि उनीहरुलाई गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।