पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बिहीबार हुरीसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए । “आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।
मौसमविद् अधिकारीले बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसका कारण अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया