मैलुङ खोला जलविद्युतले लाभांश पारित गर्न डाक्यो साधारण सभा


मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते बिहीबार लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाण्डौमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात र गत आर्थिक वर्ष को वार्षिक नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ ।  यसैगरी, सभाले लेखापरीक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार चैत १५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश पाउन योग्य रहने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ चैत २०८०, बिहीबार  ११ : ५९ बजे