आरम्भ चौतारी लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति


आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३० गते शुक्रवार साधारण सभा गर्ने भएको छ । कम्पनीको चैत ७ गते बसेको १४४ औं बैठकले बनेपा पार्टी भेन्यु वनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा गर्ने भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७९\०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०८०\०८१ को लागि बाह्रय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।
आठौँ बार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते सभा आह्वान गरेको छ । जसअनुरुप चैत २० गतेसम्म कारोवार भई कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ चैत २०८०, बिहीबार  १२ : २९ बजे