नेपाल स्टक एक्स्चेन्जले लाभांश सम्बन्धी सूचना ढिला जानकारी दिएको भन्दै मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।
नेप्सेले सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि मात्रै जानकारी प्राप्त भएको जनाएको छ ।
नेप्सेले बिहीबार नै धितोपत्र सूचीकरण विनियमावली बमोजिम कम्पनीको धितोपत्रको सूचीकरण स्थगन गरी तीन कार्यदिन भित्र के कति कारणबाट लाभांश सम्बन्धी निर्णय समयमा नै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियममा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । कम्पनीले उक्त विनियममा भएको व्यवस्था पालना नगरेपछि कम्पनीको धितोपत्रको कारोबार स्थगन गरि स्पष्टिकरण सोधेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया