आर्थिक गतिविधिलाई चलायमान बनाउन चैत अन्तिम साता खार्पा महोत्सव


खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । महोत्सव आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।

उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम सुरु गरीसकेको जानकारी दिए । महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवद्र्वनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा भारतबाट पनि भक्तजनहरुले सहभागिता जनाउने भएका छन् । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा मा.वि.मा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ चैत २०८०, सोमबार  १० : ५१ बजे