फागुनमा ११ अर्ब ६५ करोडको जीवन बीमा व्यवसाय, नयाँ व्यवसायको हिस्सा २२ प्रतिशत

0
Shares

जीवन बीमा कम्पनीहरुले फागुन महीनामा ११ अर्ब ६५ करोड ८ लाख २७ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये नयाँ व्यवसायको हिस्सा २१.९३ प्रतिशत बराबर रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार फागुन महीनामा संकलन भएको कुल बीमशुल्कमा नयाँ व्यवसाय वापत अर्थात २ अर्ब ५५ करोड ५४ लाख ८९ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ । फागुनमा यसअघि नै बिक्री भैसकेको बीमालेखबाट ९ अर्ब ९ करोड ५३ लाख ३८ हजार रुपैयाँ (७८.०७%) संकलन भएको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०७९ फागुनमा जीवन बीमा कम्पनीहरुले कुल १० अर्ब ३३ कराेड ३८ लाख २७ हजार रुपैयाँ संकलन गरेका थिए । जसमध्ये प्रथम बीमाशुलक वापत २ अर्ब ६ करोड ७३ लाख ३ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ८ अर्ब २६ करोड ६५ लाख २५ हजार रुपैयाँ थियो । विसं २०७९ फागुनको तुलनामा समग्रमा १२.७४ प्रतिशतले बढ्दा प्रथम बीमाशुल्क २३.६१  % र नवीकरण बीमाशुल्क १०.०३ % ले वृद्धि भएको हो ।

गत माघ महीनामा भने २ अर्ब २९ करोड ३८ लाख ४७ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १० अर्ब ३६ करोड ६३ लाख ८२ हजार रुपैयाँ नवीकरण गरी कुल १२ अर्ब ६६ करोड २ लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । माघको तुलनामा फागुनमा संकलित बीमाशुल्क रकम ७.९७ प्रतिशत कम हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९ करोड २६ लाख ४ हजार रुपैयाँ संकलन गरेको छ । फागुनमा कम्पनीले ५६ करोड ५३ लाख ३ हजार प्रथम बीमाशुल्क संकलन गर्दा २ अर्ब ५२ करोड ७३ लाख १ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महीनामा ५० करोड २२ लाख ५४ हजार प्रथम बीमाशुल्क र १ अर्ब ६८ लाख ४८ हजार रुपैयाँ गरी कुल १ अर्ब ५० करोड ९१ लाख २ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले (एलआइसी नेपाल) ले कुल १ अर्ब ४३ करोड १० लाख १६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १५ करोड ४५ लाख ७९ हजार प्रथम बीमाशुल्क र १ अर्ब २७ करोड ६४ लाख ३८ हजार रुपैयाँ संकलन गरेको हो । बीमाशुल्क संकलनका आधारमा फागुनमा हिमालयन लाइफ इन्स्योरेन्स चौथो स्थानमा छ । कम्पनीले फागुन महीनामा १९ करोड १४ लाख ९६ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ७ करोड ५२ लाख २७ हजार रुपैयाँ गरी कुल १ अर्ब २६ करोड ६७ लाख २२ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी बीमा प्राधिकरणले उपलबध गराएको तथ्याङ्क अनुसार फागुनमा एशियन लाइफले १५ करोड ३२ लाख ८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ५६ करोड ९५ लाख २४ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ७२ करोड २७ लाख ३१ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले कुल ६७ करोड ५९ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । जसमध्ये १८ करोड ७६ लाख ९२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ४८ करोड ८२ लाख ५६ हजार रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।

Life Insurance Company Premium collection in 2080 Falgun (in lakhs)
Name  First premium Renewable Premium Total
Nepal Life Insurance Co. Ltd 5,653.03 25273.01 30926.04
National Life Insurance Co. Ltd 5022.54 10068.48 15091.02
Life Insurance Corporation Nepal 1,545.79 12764.38 14310.16
Himalayan Life Insurance Ltd 1914.96 10752.27 12667.22
Asian Life Insurance Co. Ltd 1532.08 5695.24 7227.31
SuryaJyoti Life Insurance Co. Ltd  1,876.92 4882.56 6759.48
Met Life 1013.63 3897.47 4911.09
Citizens Life Insurance Co. Ltd 1356.85 3264.4 4621.25
Sanima Reliance Life Insurance Ltd 1296.3 2914.43 4210.73
Sun Nepal Life Insurance Co. Ltd 1050.7 2445.65 3496.35
Prabhu Mahalaxmi Life Insurance Ltd 741.88 2589.27 3331.15
IME Life Insurance Co. Ltd 1083.34 2162.78 3246.12
Reliable Nepal Life Insurance Co. Ltd 1079.45 2143.01 3222.45
Rastriya Jeewan Beema Company 387.45 2100.45 2487.89
Total 25,554.92 90953.4 116508.3

यस्तै मेट लाइफले फागुनमा १० करोड १३ लाख ६३ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३८ करोड ९७ लाख ४७ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी फागुनमा कुल ४९ करोड ११ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले १३ करोड ५६ लाख ८५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३२ करोड ६४ लाख ४० हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी फागुन महीनामा कुल ४६ करोड २१ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । साथै सानिमा रिलायन्स लाइफले १२ करोड ९६ लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क र २९ करोड १४ लाख ४३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी फागुनमा कुल ४२ करोड १० लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।

सन नेपाल लाइफले फागुनमा १० करोड ५० लाख ७० हजार रुपैयाँ प्रथम बीमा शुल्क र २४ करोड ४५ लाख ६५ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३४ करोड ९६ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । आइएमई लाइफ इन्स्योरेन्सले १० करोड ८३ लाख ३४ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २१ करोड ६२ लाख ७८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ ।

प्रभु महालक्ष्मीले ७ करोड ४१ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २५ करोड ८९ लाख २७ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३२ करोड ३१ लाख १५ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै रिलायबल नेपाल लाइफले १० करोड ७९ लाख ४५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २४ करोड ४३ लाख १ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३२ करोड २२ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ ।
फागुनमा संकलित बीमाशुल्क मध्ये राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक बीमा संस्थान) ले सबैभन्दा कम संकलन गरेको छ । यस कम्पनीले फागुनमा ३ करोड ८७ लाख ४५ हजार रुपैयाँ प्रथम बीमाशुल्क र २१ करोड ४५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल २४ करोड ८७ लाख ८९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

फागुनमा संकलित प्रथम बीमाशुल्कका आधारमा यस्तो छ क्रमगत विवरणः

फागुन जीवन बीमा कम्पनीहरुले २ अर्ब ५५ करोड ५४ लाख ८९ हजार प्रथम बीमा शुल्क संकलन गरेका छन् । जुन यसअनुसार रहेको छ ।

  • नेपाल लाइफः ५६ करोड ५३ लाख ३ हजार रुपैयाँ
  • नेशनल लाइफ इन्स्योरेन्सः ५० करोड २२ लाख ५४ हजार रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः १९ करोड १४ लाख ९६ हजार रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः १८ करोड ७६ लाख ९२ हजार रुपैयाँ
  • लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालः १५ करोड ४५ लाख ७९ हजार रुपैयाँ
  • एशियन लाइफः १५ करोड ३२ लाख ८ हजार रुपैयाँ
  • सिटिजन लाइफः १३ करोड ५६ लाख ८५ हजार रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १२ करोड ९६ लाख ३० हजार रुपैयाँ
  • आइएमई लाइफ इन्स्योरेन्सः १० करोड ८३ लाख ३४ हजार रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १० करोड ७९ लाख ४५ हजार रुपैयाँ
  • सन नेपाल लाइफः १० करोड ५० लाख ७० हजार रुपैयाँ
  • मेट लाइफः १० करोड १३ लाख ६३ हजार रुपैयाँ
  • प्रभु महालक्ष्मी लाइफः ७ करोड ४१ लाख ८८ हजार रुपैयाँ
  • राष्ट्रिय जीवन बीमा कम्पनीः ३ करोड ८७ लाख ४५ हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।