आठ महीनामा साढे ९८ अर्ब जीवन बीमाशुल्क संकलन, कसको कति ?

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ८ महीना अर्थात फागुन मसान्तसम्ममा ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये नयाँ व्यवसायको हिस्सा १८.९५ प्रतिशत बराबर रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार फागुन महीनासम्ममा संकलन भएको कुल बीमाशुल्कमा नयाँ व्यवसाय वापत अर्थात १८ अर्ब ६६ करोड ६१ लाख ३० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ । फागुनमा यसअघि नै बिक्री भैसकेको बीमालेख नवीकरणबाट ७९ अर्ब ८६ करोड ५५ लाख ४२ हजार रुपैयाँ (८१.०५%) संकलन भएको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०७९ फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ९३ अर्ब ७२ करोड ५२ लाख ५१ हजार रुपैयाँ संकलन गरेका थिए । जसमध्ये प्रथम बीमाशुलक वापत १८ अर्ब ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ७५ अर्ब २० करोड ७ लाख ७९ हजार रुपैयाँ थियो । विसं २०७९ फागुन मसान्तसम्मको तुलनामा समग्रमा ५.१३% प्रतिशतले बढ्दा प्रथम बीमाशुल्क ०.७६% र नवीकरण बीमाशुल्क ६.२०% ले वृद्धि भएको हो ।

फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ८० हजार २ओटा बीमलेख जारी गरेका छन्। २०७९ फागुन मसान्तसम्ममा १ करोड ४० लाख १ हजार ५७६ ओटा बीमालेख जारी गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले फागुन मसान्तसमममा २६ अर्ब ३० करोड ३० हजार रुपैयाँ संकलन गरेको छ । फागुन मसान्तसम्ममा कम्पनीले ४ अर्ब ३४ करोड ४२ लाख ५९ हजार प्रथम बीमाशुल्क संकलन गर्दा २२ अर्ब ५ करोड ५७ लाख ७१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । समग्र प्रिमियम संकलनमा नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा मात्रै एक चौथाई बढी अर्थात २६.६९% छ ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले (एलआइसी नेपाल) ले कुल ११ अर्ब ५७ करोड ७९ लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ३३ लाख ६ हजार प्रथम बीमाशुल्क र १० अर्ब २२ करोड ४६ लाख २३ हजार रुपैयाँ संकलन गरेको हो । तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले फागुन महीनासम्ममा २ अर्ब ८५ करोड ९१ लाख ९२ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ७ अर्ब ७० करोड २७ लाख ३ हजार रुपैयाँ गरी कुल ११ अर्ब ५६ करोड १८ लाख ९५ हजार रुपैयाँ संकलन गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बीमाशुल्क संकलनका आधारमा चौंथो स्थानमा छ । कम्पनीले फागुन मसान्तसम्ममा १ अर्ब ३९ करोड ३० लाख ४० हजार प्रथम बीमाशुल्क र ९ अर्ब ७८ करोड ७१ लाख ६६ हजार रुपैयाँ गरी कुल ११ अर्ब १८ करोड २ लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै साउनदेखि फागुनसम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४ लाख ७७ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ४ अर्ब ३६ करोड ७७ लाख ५३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ५ अर्ब ७० करोड ८२ लाख ३० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । शीर्ष पाँच कम्पनीले संकलन गरेको बीमाशुल्कलाई समग्र जीवन बीमकले संकलन गरेको बीमाशुल्कलाई आधार मान्ने हो भने एलआईसीको हिस्सा ११.७५%, नेशनल लाइफको ११.७३%, हिमालयन लाइफ ११.३५% र सूर्यज्योति लाइफको ५.७९% रहेको छ ।

Life Insurance Company Premium collection Till  Falgun 2080 (in lakhs)
Name  First premium Renewable Premium Total
Nepal Life Insurance Co. Ltd 42,442.59 220,557.71 263,000.30
Life Insurance Corporation Nepal 13,533.06 102,246.23 115,779.29
National Life Insurance Co. Ltd 28,591.92 87,027.03 115,618.95
Himalayan Life Insurance Ltd 13,930.40 97,871.66 111,802.06
SuryaJyoti Life Insurance Co. Ltd  13,404.77 43,677.53 57,082.30
Rastriya Jeewan Beema Company 3,902.19 48,405.67 52,307.86
Asian Life Insurance Co. Ltd 10,437.04 41,150.19 51,587.23
Sanima Reliance Life Insurance Ltd 9,887.92 28,149.08 38,037.00
Citizens Life Insurance Co. Ltd 10,920.41 26,363.36 37,283.77
Met Life Insurance 8,232.47 28,104.60 36,337.07
IME Life Insurance Co. Ltd 8,759.22 19,506.18 28,265.40
Prabhu Mahalaxmi Life Insurance Ltd 5,323.41 21,859.88 27,183.29
Reliable Nepal Life Insurance Co. Ltd 8,542.15 17,779.35 26,321.50
Sun Nepal Life Insurance Co. Ltd 8,753.75 15,956.94 24,710.69
Total 186,661.30 798,655.41 985,316.71

 

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आवको ८ महीना अवधिमा कुल ५ अर्ब २३ करोड ७ लाख ८६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमध्ये ३९ करोड २ लाख १९ हजार रुपैयाँ प्रथम बीमाशुलक र ४ अर्ब ८४ करोड ५ लाख ६७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ । साथै एशियन लाइफले पनि फागुन मसान्तसम्ममा १ खर्ब ४ करोड ३७ लाख ४ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ४ अर्ब ११ करोड ५० लाख १९ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ५ अर्ब १५ करोड ८७ लाख २३ हजार रुपैयाँ संकलन गरेको छ ।

समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफले ९८ करोड ८७ लाख ९२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ८१ करोड ४९ लाख ८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३ अर्ब ८० करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । यसैगरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन मसान्तसम्ममा कुल ३ अर्ब ७२ करोड ८३ लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ । जमसध्ये १ अर्ब ९ करोड २० लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ६३ करोड ६३ लाख ३६ हजार रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।

फागुनमा ११ अर्ब ६५ करोडको जीवन बीमा व्यवसाय, नयाँ व्यवसायको हिस्सा २२ प्रतिशत

अमेरिकन मेट लाइफले चालु आवको आठ महीना अवधिमा ८२ करोड ३२ लाख ४७ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ८१ करोड ४ लाख ६० हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३ अर्ब ६३ करोड ३७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । साथै यस अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले कुल २ अर्ब ८२ करोड ६५ लाख ४० हजार रुपैयाँ बीमाशुल्क उठाएको गरेको छ । कम्पनीले ८७ करोड ५९ लाख २२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ९५ करोड ६ लाख १८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको हो ।

यस्तै प्रभु महालक्ष्मी लाइफले फागुन मसान्तसम्ममा कुल २ अर्ब ७१ करोड ८३ लाख २९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५३ करोड २३ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब १८ करोड ५९ लाख ८८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको हो । चालु आवको फागुन महीनासम्ममा रिलायबल नेपाल लाइफले कुल २ अर्ब ६३ करोड २१ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । यस कम्पनीले ८५ करोड ४२ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ७७ करोड ७९ लाख ३५ हजार रुपैयाँ नवीकरण बीमा शुल्क उठाएको हो ।

सन नेपाल लाइफले सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले फागुन मसान्तसम्ममा ८७ करोड ५३ लाख ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ५९ करोड ५६ लाख ९४ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल २ अर्ब ४७ करोड १० लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ ।

फागुनसम्ममा संकलित प्रथम बीमाशुल्कका आधारमा यस्तो छ क्रमगत विवरणः

फागुन मसान्तसम्मको ८ महीना अवधिमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ६६ करोड ६१ लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये सात कम्पनीले एक अर्बभन्दा बढीको जीवन बीमा व्यवसाय वृद्धि गरेका छन् । जुन यसअनुसार रहेको छ ।

  • नेपाल लाइफः ४ अर्ब २४ करोड ४२ लाख ५९ हजार रुपैयाँ
  • नेशनल लाइफ इन्स्योरेन्सः २ अर्ब ८५ करोड ९१ लाख ९२ हजार रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः १ अर्ब ३९ करोड ३० लाख ४० हजार रुपैयाँ
  • लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालः १ अर्ब ३५ करोड ३३ लाख ६ हजार रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः १ अर्ब ३४ करोड ४ लाख ७७ हजार रुपैयाँ
  • सिटिजन लाइफ इन्स्योरेन्सः १ अर्ब ९ करोड २० लाख ४१ हजार रुपैयाँ
  • एशियन लाइफ इन्स्योरेन्सः १ अर्ब ४ करोड ३७ लाख ४ हजार रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः ९८ करोड ८७ लाख ९२ हजार रुपैयाँ
  • सन नेपाल लाइफः ८७ करोड ५३ लाख ७५ हजार रुपैयाँ
  • आइएमई लाइफ इन्स्योरेन्सः ८७ करोड ५९ लाख २२ हजार रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ८५ करोड ४२ लाख १५ हजार रुपैयाँ
  • मेट लाइफः ८२ करोड ३२ लाख ४७ हजार रुपैयाँ
  • प्रभु महालक्ष्मी लाइफः ५३ करोड २३ लाख ४१ हजार रुपैयाँ
  • राष्ट्रिय जीवन बीमा कम्पनीले ३९ करोड २ लाख १९ हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।