‘ग्लोबल मनि सप्ताह २०२४’ मा माछापुच्छ्रे बैंकको वित्तीय साक्षरता कार्यक्रम

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक २०२४’ भव्य रुपमा मनाएको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउँदै आइएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको थियो ।

यो वर्ष “प्रोटेक्ट योर मनी, सेक्यूर योर फ्यूचर” भन्ने मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म ‘ग्लोबल मनी वीक २०२४’ मनाइएको हो । माछापुच्छ्रे बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी भव्य रुपमा मनाएको हो ।

 

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरू, डिजिटल सेवाहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा युवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउँदै आएको छ ।

बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दै यस अघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।