दुई दर्जन कम्पनी कालोसूचीमा, एक-तीन वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने


सार्वजनिक खरिद अनुगमनको कार्यालयले २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी कैलालीको सिफारिसमा आई.एस. कन्स्ट्रक्सन प्रा.लि.दिपायल, डोटीलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै, सरस्वती निर्माण सेवा, धिताल बिल्डर्सलाई १ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ भने देउती बज्यै निर्माण सेवा, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायस, प्रनिश इन्टरनेशनललाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको छ ।

मालिका कन्स्ट्रक्सन, सत्यस्वरी कन्स्ट्रक्सन न्यू प्रिसियल फेसन ओयर लगायत कम्पनीलाई १ वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ ।  कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।