आठ महीनामा २६ अर्ब १६ करोड निर्जीवन बीमा शुल्क संकलन, ९ ओटाले बढाउँदा ५ को घट्यो

0
Shares

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको आठ महीना अवधिमा २६ अर्ब १६ करोड ५० लाख ७३ हजार कूल बीमा शुल्क संकलन गरेका छन् ।  अघिल्लो आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीले २५ अर्ब ८७ करोड ३३ लाख ५९ हजार कूल बीमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमाशुल्क संकलन १.१३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको ८ महीनामा शिखर इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८७ लाख २५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४ करोड ३१ लाख ९८ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ ।

यसैगरी चौथो धेरै बीमाशुल्क संकलन गरेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा २ अर्ब ३० करोड २३ लाख ४६ हजार, नेको इन्स्योरेन्सले २ अर्ब ११ करोड ९१ लाख २५ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८ करोड ९१ लाख ७० हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

नेपाल बीमा प्राधिकरण अनुसार साउनदेखि फागुन मसान्तसम्मको अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७४ करोड ६९ लाख ३२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड ७ लाख ३१ हजार रुपैयाँ, दशौं स्थानमा रहेको सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५६ करोड १३ लाख ७३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड २० लाख १६ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड १७ लाख ४५ हजार रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब १८ करोड २४ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ ।

चालु आवको ८ महीना अवधिमा नेपाल इन्स्योरेन्सले ९९ करोड ४७ लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम बीमाशुलक संकलन गरेको नेशनल इन्स्योरेन्सले साउनदेखि फागुन मसान्तसम्ममा ७६ करोड १३ लाख ९२ हजार रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

यस अवधिमा तीन लघु निर्जीवन बीमा कम्पनीहरुले १० करोड ३३ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्क छ । यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ४ करोड ९० लाख ९५ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ करोड ४८ लाख १ हजार र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ९४ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कुन कम्पनीको कति बढ्यो-कति घट्यो ?

२०७९ साउनदेखि फागुनसम्म संकलित बीमाशुल्कलाई चालु आवको यसै अवधिसँग तुलना गर्दा ९ ओटा कम्पनीले बढाएका छन् भने पाँच ओटाको घटको छ । समग्रमा १.१३ प्रतिशतले बीमाशुल्क बढेको छ ।

साउनदेखि फागुन मसान्तसम्मको ८ महीना अवधिमा भारतीय लगानी रहेको दि ओरियन्टल इन्स्योरेन्स सबैभन्दा धेरै २६.९५% प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको छ । एनएलजी इन्स्योरेन्सकोसबैभन्दा कम २.१३% ले बीमाशुल्क बढेको छ ।

उता सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै ३०.२६% प्रतिशतले बीमाशुल्क घटेको छ । सबैभन्दा कम घटेको नेपाल इन्स्योरेन्सको ०.९० प्रतिशत रहेको छ।

बीमाशुल्क बढाएको ९ निर्जीवन बीमा कम्पनीहरुः–

  1. दि ओरियन्टल इन्स्योरेन्स २६.९५%
  2.  नेशनल इन्स्योरेन्स १८.०८%
  3.  प्रभु इन्स्योरेन्स १७.०९%
  4. शिखर इन्स्योरेन्स ११.१८%
  5. सानिमा जीआईसी इन्स्योरेन्स १०.३६%
  6. आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ९.३१%
  7. हिमालयन एभरेष्ट इन्स्योरेन्स ९.२५%
  8. नेको इन्स्योरेन्स ७.१०%
  9. एनएलजी इन्स्योरेन्स २.१३%

बीमाशुल्क घटेका पाँच कम्पनीहरुः–

  1. राष्ट्रिय बीमा कम्पनी ३०.२६%
  2. यूनाइटेड अजोड इन्स्योरेन्स १३.५३%
  3. सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १४.३३%
  4. सगरमाथा लुम्बिनी इन्स्योरेन्स १.९५%
  5. नेपाल इन्स्योरेन्स ०.९०%

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।