सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।
यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क्याच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको छ ।
यस्तै कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँप्राप्त गर्न सकिनेछ । यसको अलावा फाइनान्समा ० प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्योे छनोट गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकलवा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । यो योजना चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया