सहसचिव धनिराम शर्माको संयोजकत्वमा ६ सदस्यीय बजेट लेखन समिति गठन

0
Shares

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनको लागि सहसचिव धनिराम शर्माको संयोजकत्वमा लेखन समिति निर्माण गरेको छ । अर्थले बजेट लेखनको लागि तथा राजस्व महाशाखा प्रमुख शर्माको संयोजकत्वमा ‘कोर टिम’ बनाएको हो ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार गठन गरेका हुन् । जसका सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सहसचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक पार्वती शर्मा छिन् ।

समितिले आगामी आर्थिक वर्षको बजेट लेखनको कार्य गर्नेछ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रूपैयाँको बजेट सिलिङ दिएको छ ।

समितिका संयोजक शर्माले शनिबार नै बैठक बसेर कामको सुरूवात गर्ने जानकारी दिए । संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।