दुई दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राखिदै, सात दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन


सरकारले दुई दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगर्ने २६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको हो ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

कार्यालयले यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निजहरुहरुको ठेगानामा सूचना पठाएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण नआएकोले सात दिनको समय थप गरेको हो ।

सात दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ । कालोसूची राख्न सिफारिस हुनेमा रोशिस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पौराई बाबा कन्स्ट्रक्स, साहनी विल्डर्स, न्यू जगतदेवी निर्माण सेवा, विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शोभा विल्डर्स एण्ड सप्लायर्स, नेपाल भुमी कन्स्ट्रक्सन कम्पनी लगायत रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।