इजरायलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ ।
इजरायली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक महिनामा चौथो पटकको वृद्धि हो । सोमबारदेखि लागु हुने मूल्य वृद्धि गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले वृद्धि भएको छ र सन् २०२२ जुलाई पछिको उच्चतम स्तरमा पुगेको छ ।
मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत ईन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो । सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । यसले जारी द्वन्द्वको बीचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ ।
‘येदिओथ अहरोनोथ’ दैनिक पत्रिकाका वरिष्ठ विश्लेषक गड लिओरले सिन्ह्वालाई बताएअनुसार इन्धनको मूल्य वृद्धिले गर्दा इजरायलमा विद्युत् र पानीको मूल्यमा पनि छिट्टै वृद्धि हुन सक्छ र मुद्रास्फीति दरमा देखिएको घट्दो प्रवृत्तिलाई उल्टाउन सक्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया