उपहारका साथ राकुटेन भाइबरले ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान


एक्सप्लोर नेपाल च्यानलका सब्सक्राइबरहरूले डोमेस्टिक बस र फ्लाइट टिकटदेखि लग्जरी रिसोर्टहरूमा फ्री स्टेसम्मका आकर्षक उपहारहरु जित्ने मौका पाउने भएका छन् । नेपाली नयाँ बर्ष नजिकिँदै गर्दा शुभ समयमा घुमफिरको मोहलाई अँगाल्न, राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ ।

यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने विश्वास गरिएको छ । भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानल लाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ । २०८० चैत्र ७ गतेदेखि घुमन्तेले हाम्रा सब्सक्राइबरहरूलाई छ हप्ताको भर्चुअल अभियानमा नेपालका विविध भू-भागहरूमा रमाइला पोष्टहरू गर्दै, अमूल्य अन्तर्दृष्टिहरू दिँदै र यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्दै घुमाउन लैजाने भएको छ

यस अभियानको विशेष आकर्षणका रूपमा सहभागीहरूका लागि आकर्षक उपहारहरु पनि छन् जुन गत वर्षका उपहारहरु भन्दा फरक हुने छ । च्यानलले प्रत्येक हप्ता एक क्विजको आयोजना गर्नेछ जहाँ भाग्यशाली सहभागीहरूले हाम्रा पार्टनरहरूको सौजन्यमा निम्न प्राइजहरू जित्न सक्नेछन् :

● तीन जना विजेताका लागि बस सेवा मार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकटहरू
● एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट
● सस्तो टिकटले एक भाग्यशाली विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट दुईजनालाई अनुभव पनि गराउने छ।
● बम्पर प्राइज: प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।